Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीलाई तलब नदिएपछि गुण एयरका उडान बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।

पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।

क्यानले जहाज ग्राउण्डेड गरेतापनि गुण एयरले भने जहाजमा प्राविधिक समस्या आएको र पाइटल तालिममा रहेका कारण केही समय उडान बन्द गरिएको जनाउँदै आएको छ ।

फागुन १ गतेदेखि गुण एयरका जहाज ग्राउण्डेड भएका हुन ।

२०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077