Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • शैक्षिक जनशक्तिको पलायन रोक्न गम्भीर बन्न सबैलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

    शैक्षिक जनशक्तिको पलायन रोक्न गम्भीर बन्न सबैलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।

    सोमबार दिउँसो कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए।



    प्रधानमन्त्रीले प्रचण्डले भने, ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईंहरूको काँधमा पनि छ।’



    उनले सरकार संघीय शिक्षा ऐन ल्याउने अन्तिम तयारीमा रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार