Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • भूगोल इनर्जीको खुल्यो आइपिओ

    भूगोल इनर्जीको खुल्यो आइपिओ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं। भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ ।

    कम्पनीले आजदेखि जार पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको हो । कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको हो ।



    कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ५ लाख ४४ हजार ५३ कित्ता सेयर छुट्याएको छ । यसमध्ये आयोजनाबाट अति प्रभावित नौमुले द्वारीका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।



    यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरबाट वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ८ हजार ८११ कित्ता सेयर बिक्री खुलाइएको छ ।

    यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई छिटोमा फागुन २५ गतेसम्ममा आवेदन दिन पाउनेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार