Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।



    ‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु’ प्रचण्डले लखेका लखेका छन् ‘ ‘डा.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु।’



    पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार