Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कांग्रेसले उठाएकै उम्मेदवारमा राष्ट्रिय सहमति जुट्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

    कांग्रेसले उठाएकै उम्मेदवारमा राष्ट्रिय सहमति जुट्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठवन्धन बचाएर राष्ट्रिय सहमति गर्ने बताएका छन् ।

    सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं विष्णु पौडेलसँग भेटगरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली कांग्रेसका नेताहरूसँग छलफल भइरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डलाई आइतबार बेलुका बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलाले भेट गर्दै राष्ट्रपति चुनावमा सघाउन आग्रह गरेका थिए।

    राष्ट्रपतिमा सघाउन प्रधानमन्त्रीलाई कांग्रेसको औपचारिक प्रस्ताव सोमबार बिहान प्रधानमन्त्रीसँग रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री पौडेलले फरक-फरक समयमा भेट गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार