Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्मचारीलाई मन्त्री मोदीको निर्देशन – सेवाग्राहीलाई अनावश्यक दुःख नदिनू

    कर्मचारीलाई मन्त्री मोदीको निर्देशन – सेवाग्राहीलाई अनावश्यक दुःख नदिनू

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 900
    SHARES

    सुनसरी । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

    सुनसरीको इनरुवामा आइतवारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुःख नदिन निर्देशन दिए ।



    ‘प्रधानमन्त्री प्रचण्डज्यूको प्रमुख प्राथमिकता भनेको सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीबाट मात्रै सम्भव हुन्छ र सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नेतृत्व मैले गरेको हुनाले यसको मुख्य जिम्मेवारी मेरै काँधमा छ’, उनले भने, ‘सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्यसम्पादनमा लाग्नका लागि म राष्ट्रसेवक कर्मचारीलाई विशेष निर्देशन दिन चाहन्छु ।’

    मन्त्री मोदीले कर्मचारीले अब सेवाग्राहीलाई ‘एस अर नो’ मा जवाफ दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार