Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेगनासबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना

पोखरा । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६७४७ नम्बरको बस शिशुवा नजिकै सडकमा पल्टिएको हो ।

कास्की प्रहरीका अनुसार दुर्घटनामा ४० जनाजति यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077