Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री प्रचण्ड

    सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।

    आइतवार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।



    उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।



    उनले भने, ‘अब सूचना प्रविधि भन्दा बाहिर कुनै विषय र मुद्दा छैन। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार