Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेपाल भ्रमणमा रहेका भारतीय पूर्वसेनाध्यक्षद्वारा मुक्तिनाथ दर्शन

    नेपाल भ्रमणमा रहेका भारतीय पूर्वसेनाध्यक्षद्वारा मुक्तिनाथ दर्शन

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 687
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वसेनाध्यक्षहरूले मुक्तिनाथको दर्शन गरेका छन् ।

    भारतीय सेनाका पूर्वसेनाध्यक्षहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंहले मुक्तिनाथ दर्शन गरेका हुन् ।



    महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा सहभागिता जनाउनका लागि सेनाले भारतका वर्तमान र पूर्वसेनाध्यक्षहरूलाई बोलाएको थियो ।



    शुक्रबार नेपाल आएका उनीहरूले शनिबार टुँडिखेलमा भएको विशेष कार्यक्रममा दौरा(सुरुवाल लगाएर उपस्थित भएका थिए । सेनाका अनुसार चारै जना पूर्वसेनाध्यक्षहरू आइतबार बिहान मुक्तिनाथ पुगेर दर्शन गरेका हुन् ।

    उक्त अवसरमा भारतीय सेनाका पूर्वसेनाध्यक्ष तथा नेपाली सेनाका अर्का मानार्थ महारथी विपिन रावतको नाममा घण्टी (विपिन बेल) चढाइएको थियो । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ भएका रावतको २०२१ डिसेम्बर ८ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

    उनीहरूलाई सेनाको हेलिकोप्टरमा मुक्तिनाथको दर्शन गराइएको हो । यस्तै, नेपालका पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा, प्याराजंग थापा र प्रज्ज्वलशमशेर जंगबहादुर राणा पनि उपस्थित थिए ।

    नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार