सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन् । बालिकालाई को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी ठक्कर दिएको थियो।
गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Leave a Reply