Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टुँडिखेलमा मनाइयो ७३ औं प्रजातन्त्र दिवस (तस्बिरहरू)

    टुँडिखेलमा मनाइयो ७३ औं प्रजातन्त्र दिवस (तस्बिरहरू)

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 660
    SHARES

    काठमाडौं । टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ । मूल समारोह समितिद्वारा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको हो ।



    आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।



     

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए । समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

    कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए । २००८ सालपछि प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार