Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जनताको अवस्था बदल्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

    जनताको अवस्था बदल्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।

    ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रचण्डले टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए।



    प्रधानमन्त्री ‘प्रचण्डले आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेको जिकिर गरे ।

    यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न उनले अपिल समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार