Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महासचिव गुरुङले भने – सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ

    माओवादी महासचिव गुरुङले भने – सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 624
    SHARES

    पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् ।

    आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् । उनले राष्टिय अस्मितामाथि खतरा हुनसक्ने र त्यसले गर्दा संविधानमाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए ।



    उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’



    जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए ।

    उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको भन्दै स्थिरता र राष्ट्रियताका लागि राष्ट्रिय सहमति र सहकार्य आवश्यकता औंल्याएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार