Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • यस्तो छ भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था

    यस्तो छ भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । घरमै ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका सांसद भण्डारी मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन् ।

    भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले दिएको जानकारीअनुसार अहिले बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका हुन् । भण्डारीको शुक्रबार पहिलो सर्जरी गरिएको थियो ।



    “पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,” कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डा. भनाईअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।”



    बुद्धनगरस्थित घरमा ग्याँस लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेकी आमाको भने बिहीबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार