Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संस्कृतिले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

    संस्कृतिले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 651
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्‌भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन् ।

    हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गरेका हुन् ।



    ‘हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु’, उपराष्ट्रपति पुनले भनेका छन्।



    नेपाली सेना दिवसको अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार