Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिटौला - राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुस्, प्रचण्डको जवाफ - एमाले ब्याक हुने अवस्थामा छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच राष्ट्रपति चयनका विषयमा छलफल भएको बताइएको छ । सिटौलाले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ ।

उनले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको स्मरण गराएका थिए । तर प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले १० पुसको सहमतिलाई कायम राख्नुपर्ने अडान लिँदै आएको जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको सिटौलालाई जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077