Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानसेनापति शर्माको निर्देशन – देशमा सुरक्षा चुनौती झन् बढ्दै गयो, सामना गर्न तयार रहनू

    प्रधानसेनापति शर्माको निर्देशन – देशमा सुरक्षा चुनौती झन् बढ्दै गयो, सामना गर्न तयार रहनू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले देशमा सुरक्षा चुनौती झन् बढ्दै गएको बताएका छन् ।

    महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६०औँ बार्षिक उत्सवको उपलक्ष्यमा शुक्रबार सम्बोधन गर्दै प्रधान सेनापतिले शर्माले सो कुरा बताएका हुन् ।



    नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै उनले भने ‘हिजो भन्दा आज र आज भन्दा भोली सुरक्षा चुनौतीहरु झन झन संवेदनशील र पेचिलो बन्दै गईरहेको हुँदा आइपर्न सक्ने जस्तोसुकै परिस्थितीको सफलतापूर्वक सामना गर्न सकलदर्जाले पेसागत ज्ञान, सिप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइ राख्नु आजको आवश्यकता हो ।’



    सोही क्रममा उनले नेपाली सेनाले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कुटनीति अनुरुप अगाडी बढ्दै गईरहेको कुरा उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार