Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रमुख सचेतक लेखकको दाबी - १० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गरिएको कानुनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए ।

उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको टिप्पणी गरे। उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए।

प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077