काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
राजदूत बुर्बाओले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेट गरेका हुन्।
भेटका क्रममा दुईजनाबिच नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Leave a Reply