Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।



    राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन ।



    यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन। राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

    तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् । एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान लिइरहेका छन्।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेको छ। प्रधानमन्त्री र ओलीबीच यही विषयमा कुरा मिलिरहेको छैन। जसकारण दुबैबीच पटक पटक भेटवार्ता भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार