Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता पौडेल र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।

बिजुक्छेलाई भेट्न पौडेल बिहीबार साँझ उनकै निवास भक्तपुर पुगेका हुन् ।

उनले बिजुक्छेसँग वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरेका बताईएको छ ।

पौडेल राष्ट्रपतिको आकांक्षी हुन् । बाह्यरूपमा बिजुक्छेलाई राष्ट्रपति बनाउनुपर्ने मागसमेत उठिरहेको छ ।

तर, उनले आफू राष्ट्रपतिका लागि योग्य पात्र नभएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077