Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ । महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन् ।

महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल विजयी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077