Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्धारा युक्रेनमाथि पुनः क्षेप्यास्त्र प्रहार, तेल प्रशोधन केन्द्रमा ठूलो क्षति

एजेन्सी । रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र प्रहार गरेको छ ।

पूर्वी र दक्षिण क्षेत्रमा आक्रमण केन्द्रित गरेको रुसले दोनेत्स्कको सानो शहर बख्मत कब्जा गर्ने गरी क्षेप्यास्त्र प्रहार तीब्र रूपमा गरेको हो ।

बिहीबारको क्षेप्यास्त्र क्षेप्यास्त्र प्रहारबाट युक्रेनको सबै भन्दा ठूलो तेल प्रशोधन कम्पनी क्रेमेन्चुकमा ठूलो क्षति पुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।

रुसले बिहीबार ३६ वटा क्षेप्यास्त्र प्रहार गरेकोमा १६ वटा खसालेको युक्रेनको भनाइ छ । तर अन्य क्षेप्यास्त्रहरु युक्रेनी क्षमता भन्दा बाहिरका भएकाले निशानामा खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077