Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानसेनापतिद्वारा ९४ मानार्थ उपसेनालीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सेनाको प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणरगुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले ट्रफी तथा पुरस्कार प्रदान गरेका हुन् ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गरे।

शर्माले सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गरे । उनले सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गरे ।

सोही अवसरमा शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दर्ज्यानी चिह्न प्रदान तथा अवकाश प्राप्त सहायकरथी डा प्रेमसिंह बस्न्यातलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान प्रदान गरेको पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077