काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् ।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । अन्तिम मतपरिणामअनुसार बडाल बिजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् ।
महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल विजयी भएको बताइएको छ ।
Leave a Reply