Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट अवैध भारुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

२ हजार दरका २ लाख ४० हजार अवैध भारतीय रुपैयाँसहित भारतको कलकत्ता जान लागेका ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गड्धे पक्राउ परेका हुन् ।

एयर इन्डियाको उडानमार्फत् बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले हृयाण्डब्याग जाँच गर्ने क्रममा उनलाई अवैध भारुसहित पक्राउ गरेको हो ।

नेपालमा ५ सय, एक हजार र २ हजार दरका भारतीय मुद्रा प्रतिबन्ध छ । बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077