Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • दुई घण्टा प्रचण्डसँग बसेका ओलीले भने – राष्ट्रपति एमालेले नपाए गठबन्धन अघि बढ्दैन

    दुई घण्टा प्रचण्डसँग बसेका ओलीले भने – राष्ट्रपति एमालेले नपाए गठबन्धन अघि बढ्दैन

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 672
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटघाट भएको छ ।

    राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसंग भेट गरेका हुन् ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको बालुुवाटार स्रोतले बतायो ।



    कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन ओलीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

    ओलीको प्रस्तावमा एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसको लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने प्रधानमन्त्री प्रचण्डले जवाफ दिएको बताईएको छ।

    प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले राष्ट्रपतिमा पुस १० मा भएको सहमति स्मरण गराएको र राष्ट्रपति एमालेले नपाए गठबन्धन अघि नबढ्ने बताए ।

    त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धन भत्काउन र सत्ता समीकरण हेरफेर गर्न विभिन्न चलखेल भइरहेको भन्दै कांग्रेस नेताहरूले दिएका अभिव्यक्तिहरू मुलुकमा अस्थिरता फैलाउने किसिमका भएकाले सचेत रहन आग्रह गरेका थिए ।

    त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले हालको सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्न नदिनेमा आफ्नो प्रयत्न रहिरहने बताए । माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार