Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अखिलको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान सुरु भएको हो ।

फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो।

यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुँदैछ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077