Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • जनक माविको स्वर्ण महोत्सव सम्पन्न, नवनिर्मित भवनको समुद्घाटन

    जनक माविको स्वर्ण महोत्सव सम्पन्न, नवनिर्मित भवनको समुद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काभ्रे । नमोबुद्ध नगरपालिका –४, काभ्रेस्थित जनक माध्यमिक विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । सामुदायिक विद्यालयतर्फ अग्रणी र नमुनाको रुपमा रहेको विद्यालयको माघ २९ देखि फागुन २ सम्म चलेको त्रिदिवसीय महोत्सवमा विद्यार्थिमार्फत नृत्य, नाटक, गायन, स्थानीय झाँकीहरु पञ्चे बाजा, लाखे नृत्य, झाँक्री नृत्य, बालन तथा खैजडी भजनलगायतका झाँकीहरु प्रदर्शन भएका थिए ।

    समारोहको पहिलो दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालको अध्यक्षता र काभे्र जिल्ला क्षेत्र नं १ (क) का प्रदेश सभा सांसद रत्न ढकालको प्रमुख आतिथ्य तथा नमोबद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । अतिथिहरुबाट मन्तव्यको क्रममा विद्यालयलाई उत्कृष्ट नमूना विद्यालयको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धताहरू पनि प्राप्त भएको थियो ।



    कार्यक्रमको दोस्रो दिन काभे्र जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, वागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिका प्रमुख एवं काभे्रपलान्चोका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि सांसद सूर्यमान दोङले आजको आवश्यकता प्राविधिक शिक्षाले मात्र पूरा गर्ने र विद्यालयले प्राविधिक शिक्षा प्रदान गरिरहेको सन्दर्भलाई प्रशंसनीय रहेको बताएका थिए ।



    समारोहको अन्तिम दिनको कार्यक्रम बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले अन्य विद्यालयहरुले समेत विद्यार्थीहरुमा सिर्जनशीलता र उद्यमशीलताको विकास र स्थानीय कला संस्कृतिको जगेर्नामा यस विद्यालयको अनुसरण गर्नुपर्ने बताइन् । तस्रो दिनको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामालगायतको विशेष उपस्थिति रहेको थियो । विद्यालयको नवनिर्मित भवनको समेत मन्त्री मोक्तानबाट समुद्घाटन भएको थियो ।

    स्वर्ण महोत्सव समारोहमा शैक्षिक प्रदर्शनी, अध्ययनरत विद्यार्थीहरुको फुड फेस्टिभल, विविध सांस्कृतिक कार्यक्रमहरु, नाटक, गायन, सांस्कृतिक फेसन शो लगायतका कार्यक्रमहरु समेत समावेश थिए । उक्त अवसरमा २० वर्षभन्दा बढी सेवा गर्ने शिक्षकहरुः रामशरण तिवारी, लक्ष्मण यादव, विमल खनाल, गोविन्दबहादुर सापकोटालाई दीर्घ सेवा पदक र खेलकुदतर्फ विशिष्ट योगदान गर्ने खेल संयोजक उदयनारायण यादवलाई पदकद्वारा सम्मान गरिएको थियो ।

    त्यसैगरी विद्यालयमा शैक्षिक सत्र २०७८ भरमा सर्वाधिक हाजिरी हुने ३ जना शिक्षक कर्मचारीहरु क्रमशः तेजकुमार सार्की, आकृति काफ्ले र युवराज पाठकलाई समेत सम्मान गरिएको विद्यालएका एक विद्यार्थीले बतए । माध्यमिक तह गणित विषय शिक्षक प्रकाश सत्याललाई वर्ष शिक्षक २०७९ पदकबाट सम्मान गरिएको थियो ।

    विद्यालयले लिटिल च्याम्प अवार्डबाट कक्षा ५ मा अध्ययनरत सुमित्रा लामा र डेनिश लामालाई सम्मानित गरेको थियो भने मास्टर जनक र मिस जनक अवार्डबाट क्रमशः आशीष खनाल र सुशीला सार्कीलाई सम्मान गरेको थियो । सवै दिनको कार्यक्रमलाई विद्यालय संयोजक हरिहर अधिकारीले सञ्चालन गरेका थिए भने प्रधानाध्यापक प्रदीप पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार