काठमाडौं । सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । बैंकको शेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द गर्ने बैंकले जनाएको छ ।
हिमालयन बैंकले रसिभिल बैंकलाई प्रप्ति गरि फागुन १२ गतेदेखि एकिकृत कारोबार गर्ने भएकाले १४ गतेदेखि शेयर कारोबार रोक्का हुने भएको हो ।
सो बैंकले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।
Leave a Reply