Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सत्ता गठबन्धन कसैले चाहेर पनि भत्किँदैन : नारायणकाजी श्रेष्ठ

    सत्ता गठबन्धन कसैले चाहेर पनि भत्किँदैन : नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    सुर्खेत । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा बोल्दै यस्तो बताएका हुन् ।

    उनले अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे । श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् ।



    मन्त्री श्रेष्ठले भने, ‘यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’



    सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ छ । श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए ।

    माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार