Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका  छन् ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन खनाल भारतको पटना लागेका हुन् ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

खनालले नेतृत्वको भ्रमण प्रतिनिधि मण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, झलनाथ खनालको श्रीमती रवि लक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन् ।

उनी दुई दिनका लागि भारत भ्रमणमा जान लागेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077