Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले आफ्नो आकाशमा उडिरहेको रसियन बेलुन खसाल्यो

एजेन्सी । युक्रेनले लडाकु जहाज प्रयोग गरी राजधानी किभको आकाशमा देखिएका ६ वटा रसियन बेलुन खसालेको छ ।

युक्रेनको सैन्य गतिविधि निगरानी गर्ने उपकरण जडित बेलुनहरु खसालिएको युक्रेनी अधिकारीहरुले दाबी गरेका हुन् ।

युक्रेनी सैनिकले रुसी बेलुनहरु हावाको बहाबसँगै किभको आकाशमा आइपुगेको जनाएको छ ।

ती बेलुनहरु युक्रेनको सैन्य गतिविधि र एयरफोर्सको गतिविधिबारे निगरानी गरी रुसमा सूचना पठाउने प्रयोजनका लागि परिचालित भएको युक्रेनी सैनिकको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077