एजेन्सी । गत हप्ता टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।
शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य जारी छ ।
लाखौं भूकम्पपीडितलाई मानवीय सहायताको खाँचो छ, उनीहरू यो चिसोमा घरबारविहीन भएका छन् ।
घरबारविहीन केही परिवारलाई खेल मैदानमा पाल टाँगेर राखिएको छ । मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य छन् ।
राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्की पुगेका छन् ।
Leave a Reply