Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मिलापत्र भएपछि हिरासतबाट छुटे कलाकार पवन खतिवडा

    मिलापत्र भएपछि हिरासतबाट छुटे कलाकार पवन खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 711
    SHARES

    मोरङ । मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा ‘म्याकुरी’ हिरासतबाट छुटेका छन् ।

    ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेका हुन् ।



    मोरङको बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र उनका साथी रमेश भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।



    उनीहरूलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको थियो ।

    मंगलवार राति बेलबारी नगरपालिका–१ स्थित होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेको आरोप थियो ।

    बुधबार अपराह्न कार्यालय पुगेका पीडित पक्षले मिलापत्र गरेसँगै उनीहरू छुटेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार