Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • दिलिप महतो हत्या प्रकरण : तीन दोषी ठहर, चार जनाले पाए सफाइ

    दिलिप महतो हत्या प्रकरण : तीन दोषी ठहर, चार जनाले पाए सफाइ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 963
    SHARES

    धनुषा । जिल्ला अदालत धनुषाले खोला उत्खनन्‌को विरोध गर्दा हत्या गरिएका दिलिप महतो (ओमप्रकाश) घटनामा संलग्न तीन जनालाई दोषी ठहर गरेको छ ।

    महतोलाई विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।



    जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले बुधबार यस्तो आदेश सुनाएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।



    दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई सफाई दिइएकोउनले बताए । घटनामा संलग्न रहेको दावी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको स्रेस्तेदार बस्नेतको भनाई छ ।

    दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक छन् भने जितेन्द्र र मुनीन्द्र भने कामदार हुन् । दोषी ठहर भएकाहरुको हकमा साजय फागुन १२ गते सुनाइने बताइएको छ ।

    २५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।

    अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार