Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोंगबु लुटपाट र प्रहरीको गाडी आगजनीमा संलग्न ९ जना पक्राउ

काठमाडौं । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेका हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक(एसपी) सिताराम रिजालका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।

एसपी रिजालले सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी,

लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।

पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077