Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।

घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको उनको भनाइ छ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् । उनीहरू सबैको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077