Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालगञ्जबाट ५ लाखभन्दा बढी नक्कली नोटसहित तीनजना पक्राउ

    नेपालगञ्जबाट ५ लाखभन्दा बढी नक्कली नोटसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 552
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेको नेपालगञ्जबाट करिब पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।

    मंगलबार साँझ प्रहरीको विशेष टोलीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका उनीहरुलाई पक्राउ गरेको हो ।



    बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्।



    उनीहरुको साथबाट प्रहरीले १ हजार दरका नक्कली नोट ५६९ थान बरामद गरेको छ।

    रानाका साथबाट ४१८ थान नक्कली नेपाली १ हजारको नोट र कुमाइको साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार