Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियु महाधिवेशन : अध्यक्षमा यी चारजना आकांक्षी, सहमति नभए आज मतदान

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनमा आज नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो ।

महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ । सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । यस्तै महासचिवमा ६ र सचिवमा २० जनाको दाबी छ । अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ ।

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077