Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भानुभक्त ढकालको अध्यक्षतामा महाधिवेशन-९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा

काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशन सञ्चालनका लागि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।

उद्घाटनसत्रपछि सुरू भएको बन्दसत्रमा निवर्तमान अध्यक्ष सुनिता बरालले आफ्नो कमिटी भंग भएको घोषणा गर्दै अध्यक्ष मण्डलको नाम प्रस्ताव गरेकी हुन् । अध्यक्ष मण्डलमा अनेरास्ववियुका पूर्वइन्चार्जहरू खिमलाल भट्टराई र विनोदढकाल समेत छन् ।

त्यस्तै संयन्त्रकी उपप्रमुख रचना खड्का, अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलसहित पूर्वअध्यक्षहरू किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराल अध्यक्ष मण्डलमा रहेका छन् ।

अध्यक्ष मण्डलले महाधिवेशनका बाँकी कामको नेतृत्व गर्नेछ भने उसले एमालेको निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि सघाउनेछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077