Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी अन्तर्घातबारे छानबिन गर्न जसपाले थप्यो म्याद

काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न जनता समाजवादी पार्टी जसपा नेपालले म्याद थपेको छ ।

छानबिन गरी कार्यदलले माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो तर छानबिनको काम नसकिएकाले म्याद थपेको छ । अब छानबिनका लागि फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

जसपाले चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलले विभिन्न १५ वटा जिल्लामा छानबिन गर्ने भनेर सूची तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077