Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कुशलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

    कुशलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 903
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई हराएको छ ।

    टियु क्रिकेट मैदानमा मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो ।



    टियु मैदान किर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्न सफल भयो।



    यसअघि नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पार गरेको थियो। नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए।

    करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे। यस्तै कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए। उनले ७२ रनको जोड्ने क्रममा ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

    नेपालका ओपनर आसिफ शेख शून्य रनमा आउट गर्दा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। दीपेन्द्रसिंह ऐरी भने ७ रनमै आउट भए। सन्दीप जोराले २४ बलमा २८ रन जोडे। करण केसीले नटआउट २० रन बनाए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए।

    उनले १० ओभरमा ४८ रन दिए। निकोल इटनले पनि ३ विकेट हात पारे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भएको थियो।

    नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३३ रन जोडे। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए। कप्तान गेरार्ड इरासमसले ५६ रनक‍ो योगदान गरे।

    उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे। यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए। जेन ग्रिन ३४ रन जोडेर आउट भए।

    बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिदा स‍ोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार