काठमाडौं । त्रिकोणात्मक शृंखलामा नेपालका कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबियाविरुद्ध शतक प्रहार गरेका हुन्।
नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ४० ओभरको अन्तिम बलमा १ रन लिँदै शतक पुरा गरेका हुन्। कुशलले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे।
यो कुशलको वन डे करियरको पहिलो शतक हो। एक दिवसीय खेलमा नेपालका लागि ओपनरले शतक प्रहार गरेको यो पहिलो हो।
राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा शतक प्रहार गर्ने कुशल चौथो खेलाडी हुन्।
ओडीआई र एक दिवसीय दुवैमा शतक हान्ने कुशल तेस्रो खेलाडी हुन्। यसअघि पुर्वकप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरिले दुवै फम्र्याटमा शतक हानेका थिए।
Leave a Reply