Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय शक्ति बन्ने सामर्थ्य एमालेसँग मात्र छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको बताएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

भारतले ७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको उनको दाबी छ ।

उनले भने, ‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो । नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’

मुलुकको बलियो राष्ट्रय शक्ति बन्ने सामर्थ्य एमालेसँग मात्रै नभएको दाबी गरे । एमालेलाई बहुमतप्राप्त पार्टी बनाउन अबको लक्ष्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077