काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छुट्टै संसद् टेलिभिजन च्यानल चलाउन सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा आफ्ना कुरा राख्दै मिडियामा सबै सांसदको कुरा नआउने उल्लेख गर्दै सांसद यादवले अन्य मुलुकमा जस्तै नेपालमा पनि संसद्को छुट्टै च्यानल हुनुपर्ने बताएका हुन् ।
सांसद यादवले केही सांसदका कुरा मात्र मिडियामा आउने भन्दै आफूहरूको आवाज निर्वाचन क्षेत्रसम्म पुर्याउनका लागि प्रतिनिधिसभा टीभीको आवश्यकता रहेको बताएका हुन् ।
उनले भने, ‘जनतासम्म आवाज पुर्याउनलाई प्रतिनिधिसभाको टीभी चाहिन्छ । सांसदले उठाएको आवाज आफ्नो निर्वाचन क्षेत्रसम्म पुर्याउन पनि यो चाहिन्छ ।’
संसद्काे शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्काे टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरे ।
Leave a Reply