काठमाडौं । राप्रपा अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका क्वात्रा र लिङ्देनबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो ।
हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
Leave a Reply