Online Nepal
  • बुधबार, २ माघ २०८१
  • यातायात मजदुरहरूलाई मन्त्री श्रेष्ठले भने – जायज माग र मुद्दा सम्बोधन हुन्छ, हड्ताल फिर्ता लिनुस्

    यातायात मजदुरहरूलाई मन्त्री श्रेष्ठले भने – जायज माग र मुद्दा सम्बोधन हुन्छ, हड्ताल फिर्ता लिनुस्

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 618
    SHARES

    काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने बताएका छन् ।

    आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् ।



    मन्त्री श्रेष्ठले यातायात व्यवसायी र मजदुरलाई तत्काल हड्ताल फिर्ता लिन आग्रह गरे । उनले यातायात क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गरिने प्रतिबद्धता जनाएका छन्।

    सोमबार आन्दोलनका क्रममा लुटपाटजस्ता कार्यमा संलग्नमाथि कारबाही गरिने मन्त्री श्रेष्ठले बताए।

    मन्त्री श्रेष्ठले भने -‘यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ । यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।’

    यातायात व्यवसायी र यातायात मजदुरले भोगिरहेको समस्या मन्त्रालय र राज्यकै समस्या भएकोले यसको समाधान गरिने भन्दै मन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार