Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुको महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने २३औँ महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्न लागेका हुन् । तीन दिनसम्म चल्ने महाधिवेशनले अबका दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गर्नेछ ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार : गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । महाधिवेशनमा देशभरका करिब १५ सय ७३ प्रतिनिधि सहभागी हुने छन् ।

नेतृत्व चयन सहमतिमा नभए निर्वाचनका लागि विद्युतीय मेसिनको व्यवस्था गरिएको छ । अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077