काठमाडौं । आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले आज बिहान वार्ता गर्दैछ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार बिहान साढे ८ बजे वार्ताका लागि मन्त्रालयमा बोलाएका हुन् ।
बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।
गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका थिए । यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको सथयो ।
पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन् ।
घटनाअघि सोमबार बिहान ल्होत्से भवन रहेको नयाँ बसपार्क परिसरमा मजदुरहरूले विरोधका कार्यक्रम तय गरेका थिए । तर ल्होत्से बहुउद्देश्यीय प्रालि प्रशासनले आफूनिकटका मजदुर र कर्मचारीलाई परिचालन गरी विरोधमा उत्रिएका मजदुरमाथि आक्रमण गरेका थिए ।
त्यसपछि भड्किएको स्थिति नियन्त्रणबाहिर जाँदा सुरक्षा निकायका गाडी, सर्वसाधारणका पसललगायतमा आगजनी र तोडफोड भएको थियो ।
Leave a Reply